काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट महिला खुलातर्फ छैटौँ सर्वाधिक मतसहित केन्द्रीय सदस्यमा निर्वाचित विनिता खड्काको शपथ रोकिएपछि पार्टी नेतृत्वको भूमिकामाथि प्रश्न उठेको छ।
विशेष महाधिवेशनदेखि नै गगन थापालाई साथ दिँदै आएकी खड्का पक्राउ पर्दा नेतृत्वले अपेक्षित साथ नदिएको भन्दै चर्चा भएको थियो।
अहिले अदालतबाट दोषी ठहर नभएको अवस्थामा पनि उनलाई शपथ नगराएपछि नेतृत्वको निर्णयमाथि प्रश्न उठेको हो।
वैदेशिक रोजगारीका नाममा ठगीको आरोपसँग जोडिएको घटनामा पक्राउ परेकी खड्कालाई काठमाडौं जिल्ला अदालतले थुनामा राख्न म्याद थप गर्न अस्विकार गरेको थियो ।
कांग्रेसले अदालतमा मुद्दा विचाराधीन रहेका चार नवनिर्वाचित केन्द्रीय सदस्य विनिता खड्कासहित सन्तोष चालिसे, मोहन बस्नेत र उमेशचन्द्र यादवलाई आज शपथ गराएनन् । अन्य पदाधिकारी र सदस्यहरुले भने शपथ लिइसकेका छन् ।
विशेष महाधिवेशनदेखि गगन थापालाई साथ दिँदै आएकी खड्कालाई नेतृत्वले शपथ नगराएपछि अहिले कांग्रेसभित्रै प्रश्न उठेको छ । अदालतबाट दोषी ठहर नभइसकेको अवस्थामा शपथ रोक्नुको आधार स्पष्ट नभएको र पार्टी सभापति गगन थापाको भूमिका बारे पनि प्रश्न खडा भएको हो ।




प्रतिक्रिया