काठमाडौं । प्रहरीले नेपाल प्रेसको कार्यालयभित्रै प्रवेश गरी पत्रकार विश्वमणि सुवेदीलाई पक्राउ गरेको छ ।
सादा पोशाकका तीन प्रहरीले समाचार कक्षबाटै सुवेदीलाई नियन्त्रणमा लिएकाे नेपाल प्रेसले जनाएकाे छ । उनीहरूले पक्राउ पुर्जी नदेखाई माथिल्लो अधिकारीको आदेशमा आएको बताएका थिए ।
प्रहरी महानिरीक्षक (आईजी) माथि राजीनामाको दबाब परेको विषयमा प्रकाशित समाचारको स्रोत खोज्न सुवेदीलाई पक्राउ गरिएको प्रहरी स्रोतको दाबी छ ।
सुवेदीलाई अपराध अनुसन्धान कार्यालयले नियन्त्रणमा लिएर साइबर ब्युरोलाई बुझाउने तयारी गरेको बताइएको छ ।




प्रतिक्रिया