मोटिभेट न्युजका पत्रकार शोभराज बराल पक्राउ


काठमाडौं । प्रहरीले मोटिभेट न्युजका अध्यक्ष तथा प्रधानसम्पादक शोभराज बराललाई आफ्नै कार्यालयबाट पक्राउ गरेको छ ।

सादा पोशाकमा पुगेका प्रहरीले केही कुरा गर्नुपर्ने भन्दै बानेश्वरस्थित बिजुली बजारको कार्यालयबाट बराललाई नियन्त्रणमा लिएका हुन् । उनलाई टेकुस्थित उपत्यका अपराध अनुसन्धान कार्यालयमा राखिएको छ ।

बराललाई पक्राउ गर्नुको कारण भने प्रहरीले खुलाएको छैन ।