१५ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षले नेपाल विद्यार्थी संघ(नेविसंघ)को अध्यक्षमा श्रृजना मल्ललाई मनोनीत गरेको छ ।
देउवा पक्षको महाधिवेशन तयारी समितिका संयोजक प्राडा. शशांक कोइरालाले मल्ललाई नेविसंघको अध्यक्षमा मनोनीत गरेका हुन् ।
मल्ललाई कांग्रेसको स्थापित मूल्यमान्यतालाई आत्मसात गरी आगामी ६ महिनाभित्र नेविसंघको महाधिवेशन सम्पन्न गर्न भनिएको छ ।
मल्ल नेविसंघका पूर्वअध्यक्ष दुजाङ शेर्पा नेतृत्वको केन्द्रीय समितिमा केन्द्रीय सदस्य थिइन् ।





प्रतिक्रिया