जनकपुर बोल्ट्सको लगातार दोस्रो जित, पोखरा नौ रनले पराजित


काठमाडौं । जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा पोखरा एभेन्जर्सलाई नौ रनले हराउँदै लगातार दोस्रो जित निकालेको छ ।

आइतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा जनकपुरले दिएको १४८ रनको लक्ष्य पछ्याएको पोखरा एभेन्जर्स निर्धारित २० ओभरमा नौ विकेट गुमाएर १३८ रनमा सीमित भयो ।

यो जितसँगै जनकपुरले प्रतियोगितामा चार अंक जोडेको छ । जनकपुरको जारी सिजनमा यो लगातार दोस्रो जित हो ।

यसअघि भएको खेलमा जनकपुरले काठमाण्डू गोर्खाजलाई आठ विकेटले पराजित गरेको थियो । लगातार दुई खेलमा जित निकालेसँगै जनकपुरले प्रतियोगितामा आफ्नो लय कायम राखेको छ ।