काठमाडौं । स्वास्थ्य अवस्था बिग्रिएपछि डा. गोविनद केसीलाई काठमाडौं ल्याइएको छ । २५ औं आमरण अनशन बसिरहेका डा. केसीलाई काठमाडौँ ल्याएर टिचिङ अस्पताल भर्ना गरिएको छ ।
केसीले विभिन्न माग राखि बिहीबार साँझ इलामको नारायणस्थान मन्दिर परिसरमा अनशन शुरु गरेका थिए ।
अनशनको चौथो दिनमा आइपुग्दा उनको रगतमा ग्लुकोजको मात्रा निकै कम र पिसाबमा एसिटोनको मात्रा बढेपछि चिकित्सकले उनको स्वास्थ्य अवस्था जोखिमपूर्ण हुनसक्ने चेतावनी दिएका छन् ।
आज इलामबाट हेलिकोप्टरमा ल्याएर केसीलाई टिचिङ अस्पताल भर्ना गरी आवश्यक उपचार सुरू गरिएको छ ।




प्रतिक्रिया