२१ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षको काठमाडौं जिल्ला अधिवेशन शनिबारदेखि सुरु भएको छ ।
काठमाडौंस्थित राष्ट्रिय सभा गृहमा आयोजित समारोहबीच पूर्वसभापति देउवाले अधिवेशनको उद्घाटन गरेका हुन् । उद्घाटनअघि बटुकहरूले स्वस्तिवाचन गरेका थिए ।
अधिवेशनलाई लक्षित गर्दै देउवा पक्षका नेता तथा कार्यकर्ताले विभिन्न सांस्कृतिक झाँकीसहित र्यालीसमेत निकालेका थिए ।
उद्घाटन समारोहमा देउवासहित कांग्रेसको १५औँ महाधिवेशन आयोजक समितिका संयोजक डा. शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह तथा नेताहरू डा. प्रकाशशरण महत र मोहनबहादुर बस्नेतलगायत सहभागी छन् ।




प्रतिक्रिया