काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका युवा नेता सुरेन्द्र बस्नेतले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारले राज्यका संवैधानिक निकाय र संस्थाहरूको गरिमामाथि प्रहार गरिरहेको आरोप लगाएका छन्।
रिपोर्टर्स क्लब नेपालमा आइतबार आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले सरकारले न्यायपालिका, कार्यपालिका र व्यवस्थापिकाको मर्यादामाथि नै प्रश्न उठ्ने गरी काम गरिरहेको टिप्पणी गरे।
छठपछि सरकारविरुद्ध आन्दोलनको तयारी भइरहेको भन्ने चर्चालाई स्वीकार गर्दै बस्नेतले आफूहरू आन्दोलनको पक्षमा नरहेको तर सरकारका गतिविधिले नै आन्दोलनको वातावरण सिर्जना गरिरहेको बताए।
‘हामी आन्दोलनको पक्षमा छैनौँ । तर, बालेन नेतृत्वको सरकार आफैँले आन्दोलनको बाटो निम्त्याइरहेको छ,’ उनले भने, ‘यो सरकारले चौथो अंग प्रेस र न्यायपालिकामाथि आतंक मच्चाइरहेको छ।’
लुम्बिनी विकास कोषको सदस्य सचिवमा आवेदन नै नदिएका व्यक्तिलाई सरकारले नियुक्त गरेको भन्दै उनले आपत्ति जनाए। सरकारले विधि, प्रक्रिया र संविधानअनुसार शासन सञ्चालन नगरेको उनको आरोप थियो।
बस्नेतले सरकारका पछिल्ला गतिविधिले लोकतान्त्रिक मूल्य, विधिको शासन र संवैधानिक व्यवस्थामाथि प्रश्न उठाएको बताए। उनले भने, ‘आन्दाेलन हाम्राे राेजाई हाेइन,सरकार आफैँले निम्त्याउँदैछ ।’




प्रतिक्रिया