भक्तपुर । स्वतन्त्र नागरिक अभियान नेपालका संयोजक ऋषि धमलाले धमला समुदाय एकीकृत भएर अघि बढ्नुपर्ने बताएका छन् ।
भक्तपुरमा आयोजित धमला सेवा समाजको १२औँ साधारणसभा तथा वंशावली मस्यौदा विमोचन कार्यक्रममा आज बोल्दै उनले समाजले छोटो समयमै उल्लेखनीय काम गरेको बताए ।
‘देशमा धमलाहरूको पनि अस्तित्व छ, धमलाहरूको पनि भूमिका छ । धमलाहरू पनि अब एकीकृत भएर अगाडि बढ्नुपर्छ,’ उनले भने ।
धमला समाजका संस्थापकहरूप्रति सम्मान प्रकट गर्दै धमला समुदायलाई एकताबद्ध गर्ने साझा संस्थाका रूपमा समाज अघि बढेको उनले बताए । देशभरका धमलाहरूलाई एउटै संस्थामा आबद्ध गर्दै अघि बढ्नु सकारात्मक रहेको उनको भनाइ थियो ।
समाजमा विभिन्न क्षेत्र र पेसामा आबद्ध व्यक्तिहरू रहेको उल्लेख गर्दै धमलाले सबैले एकअर्कालाई सम्मान गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा उनले धमला सेवा समाजलाई १५ हजार रुपैयाँ आर्थिक सहयोगसमेत गरेका छन् ।
धमलाले छठ पर्वपछि आफू देशभरका विभिन्न स्थानमा पुग्ने जानकारी दिँदै असहाय, दुःखी तथा पीडितलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।




प्रतिक्रिया