काठमाडौं । देशका केही भूभागमा आंशिक बदली भए पनि अधिकांश स्थानको मौसम मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली क्षेत्रमा तथा कोशी प्रदेशको पहाडी भूभागमा आंशिक बदली हुनेछ। बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ।
कोशी र गण्डकी प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ।
यस्तै, आज राति कोशी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा र बागमती तथा गण्डकी प्रदेशका हिमाली भूभागमा आंशिक बदली रहने पूर्वानुमान छ।
रातिको समयमा कोशी प्रदेशको हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपात हुन सक्ने महाशाखाले जनाएको छ।
त्यसैगरी, तराईका भूभाग, उपत्यका तथा खोँचहरूमा बिहानपख केही स्थानमा हल्का हुस्सु तथा कुहिरो लाग्ने सम्भावना रहेको छ।




प्रतिक्रिया