ताप्लेजुङमा ५.६ म्याग्निच्युडको भूकम्प


काठमाडौं । ताप्लेजुङमा आज बिहान भूकम्प गएको छ । 

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ७ बजेर १७ मिनेटमा ओलाङचुङगोला केन्द्र बनाएर भूकम्प गएको हो । 

५.६ म्याग्निच्युडको भूकम्प गएको भूकम्पविद् लोकविजय अधिकारीले जानकारी दिए ।