गण्डकी काँग्रेसको उप-सभापतिमा युवा नेता आशिक गुरुङ निर्वाचित


पाेखरा । नेपाली काँग्रेसको १५ औं नियमित महाधिवेशन अन्तर्गत गण्डकी प्रदेशको अधिवेशन मंसिर ५ र ६ गते पोखरामा सम्पन्न भएको थियो। प्रदेश अधिवेशनको उद्घाटन पुर्व प्रधानमन्त्री एवं केन्द्रीय सभापति शेर बहादुर देउवाले गरेका थिए भने महाधिवेशन तयारी समितिका संयोजक शंशाक कोइराला लगायतका केन्द्रीय नेताहरुको उपस्थिति रहेको थियो।

गण्डकी प्रदेश अधिवेशनबाट उद्घाटन सत्र सकिए लगतै प्रदेश सभापतिमा निवर्तमान उप-सभापति मेखलाल श्रेष्ठ निर्विरोध निर्वाचित भएका थिए भने बाँकी पदाधिकारी र सदस्यहरु मंसिर ६ गते मनोनयन दर्ता गरि निर्वाचनमा सहभागि भएका थिए ।
एकताको महाधिवेशनको सन्देश दिन नेताहरु सर्वसम्मत रुपमा अधिवेशन सम्पन्न गर्न लागेका थिए । सोही अनुरुप मंसिर ६ गते सदस्यहरुको टुंगो लागेको थियो भने धेरै आंकाक्षीहरु भएका कारण पदाधिकारी टुंगो लगाउन केही दिन लाग्यो । मंसिर ११ गते प्रदेश सभापति मेखलाल श्रेष्ठले बाँकी पदाधिकारी सर्वसम्मत रुपमा टुंगो लगाए ।

उप-सभापतिमा नि वर्तमान गण्डकी काँग्रेस कार्यसमिति सदस्य युवा नेता आशिक गुरुङ सर्वसम्मत रुपमा निर्वाचित भएका छन् । सभापति मेखलाल श्रेष्ठ गण्डकी प्रदेशका पुर्व मन्त्री समेत हुन् भने उप-सभापति आशिक गुरुङ पार्टीको नि वर्तमान गण्डकी प्रदेश पर्यटन विभाग संयोजक हुन् र युवामाझ निकै लोकप्रिय छन् । गुरुङ कास्की क्षेत्र नं २ बाट महाधिवेशन प्रतिनिधि हुन् भने उनी जनप्रिय बहुमुखी क्याम्पसका संस्थापक स्ववियु सभापति समेत हुन् ।