बारा । जितपुर सिमरा उपमहानगरपालिका- १ पथलैया चेकपोष्ट नजिकबाट २३७.१७ किलोग्राम अवैध लागुऔषध गाँजा बरामद गरिएको छ ।
मंसिर १२ गते अन्दाजी १७:४० बजे अमलेखगन्जबाट पथलैयातर्फ आउँदै गरेको बा १७ च २६३६ नम्बरको गाडीलाई शंका लागी चेकजाँच गर्न खोज्दा चालकले गाडी नरोकी तीव्र गतिमा भगाएका थिए।
तत्काल प्रहरी चौकी पथलैया र तालुक इलाका प्रहरी कार्यालय सिमराबाट खटिएको प्रहरी टोलीले गाडी पछ्याउने क्रममा दुधौरा खोलाको पुलपारि जंगलछेउमा इन्जिन चालु अवस्थामै गाडी छाडेर चालक फरार भएका थिए।
उक्त जंगल क्षेत्रलाई घेराबन्दी गरी खोजतलास गर्दा चालक फेला नपरे पनि चालक भागेको दिशातर्फ एक थान किप्याड मोबाइल फेला परेको थियो । उक्त गाडी नियन्त्रणमा लिई चेकजाँच गर्दा पछाडिको डिक्कीमा लुकाइछिपाइ राखिएको २३७.१७ किलोग्राम लागुऔषध गाँजा बरामद गरिएकाे प्रहरीले जनाएकाे छ ।
गाडीसहित गाँजा नियन्त्रणमा लिइएको छ । फरार चालकको खोजतलास तथा घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीकाे भनाइ छ ।




प्रतिक्रिया