काठमाडौं, ६ कार्तिक । भारतका लागि नेपाली राजदुत दिपकुमार उपाध्यायले दिएको राजिनामा अन्ततः सरकारले स्विकृत गरेको छ ।
सोमबार विहान बसेको मन्त्रिपरिषदको बैठकले उपाध्यायको राजदुत स्विकृत गरेको हो । हुन त सूरुमा उनलाई तत्काल राजदुतको जिम्मेवारीबाट तत्काल नछोड्नको लागि कांग्रेस शीर्ष नेताहरुले आग्रह गरेका थिए ।
तर उनले आफू अब राजदुतको जिम्मेवारीबाट अलग भएर पूनः सक्रिय राजनीतिमार्फत जनताको सेवामा समर्पित हुने ईच्छा रहेको सुनाएपछि अन्ततः सरकारले उनको राजिनामा स्विकृत गरेको हो ।
राजिनामा स्विकृतसँगै नेपाल–भारत सम्बन्ध समुधुर बनाउन खेलेको भूमिकाको प्रशंसा गर्दै सरकारे उपाध्यायको उच्च सम्मान गरेको छ ।
राजिनामा स्विकृत भएपछि रिपोर्टर्स नेपाल डटकमको लागि पत्रकार ऋषि धमलासँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले भने,‘नेपाल सरकार र सम्मानीय प्रधानमन्त्री शेरबहादुर देउवा सबैलाई हार्दिक धन्यवाद दिन्छु, म्र्यादित कुटनीतिकबाट उन्मुति महशुस गरेको छु, पहिलाजस्तै म आफूलाई पूनः राजनीतिमा नै सक्रिय राखेर देश र जनताको सेवामा समर्पित हुन्छु।’




प्रतिक्रिया