वैशाख २७, काठमाण्डौ । प्रदेश नम्बर दुईका मुख्यमन्त्री लालबाबु राउतले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुर भ्रमणपछि समग्र दुई नम्बर प्रदेशकै विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरेका छन् ।
नेपाल सरकारले विगतदेखि नै प्रदेश नम्बर दुईलाई उपेक्षा गर्ने गरेको आरोप लगाउँदै राउतले मोदीको सहयोग र सद्भावले विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताए ।
“प्रदेश नम्बर दुई कमजोर छ । विगतको सरकारले केही पनि गरेन । मोदीको सहयोग र सद्भावले विकास हुनेमा आशावादी छौँ ।” उनले भने ।
यद्यपी विकासका नीति र योजना भने आफूहरुले नै बनाउनुपर्ने उनको भनाई थियो ।
ऋषि धमलासँग कुरा गर्दै मुख्यमन्त्री राउतले मोदीको भ्रमण जनकपुरमा हुनु गौरवको कुरा भएको भन्दै राउतले प्रदेश सरकार र जनताले उक्त भ्रमणलाई पर्वको रुपमा लिएको बताए ।




प्रतिक्रिया