सभापति देउवाले घोक्रेठ्याक लगाएको सपना देख्नु गलत : पौडेल


जेठ १५, काठमाण्डौ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सभापति शेरबहादुर देउवाले सपनामा कसैले घोक्रेठ्याक लागएको देखेको भन्दै कटाक्ष गरेका छन् ।

नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै पौडेलले आफूहरुले देउवालाई सुध्रिन आग्रह गरे पनि घोक्रेठ्याक लगाएजस्तो अभिव्यक्ति दिएको बताए ।

“गल्ती भयो, स्विकार गरेर अगाडि बढ्नोस् । पार्टीलाई करेक्सन गर्नेतिर स भनेको हो । उहाँ त घोक्रेठ्याक लाग्ने कुरामा पुग्नुभएछ । त्यस्तो सपना देख्न थाल्नुभएछ ।” पौडेलले भने ।

देउवालाई अहिले नै सभापति छोड्नुस नभनेको तर उहाँको विकल्प नै नभएको भन्ने बुझ्न नहुने पौडेलले बताए ।

“विकल्परहित भन्ने कुरा तानाशाही कुरा हो । कोही पनि निर्विकल्प हुँदैन । हाम्रो प्रजातान्त्रिक पार्टी हो । सभापति पनि प्रजातान्त्रिक हुनुपर्छ ।” पौडेलले भने ।