काठमाडौं, १६ जेठ । संघीय समाजवादी फोरम नेपालको संसदीय दलको बैठक सम्पन्न भएको छ । बैठकले पार्टीबाट वर्तमान सरकारमा सहभागी हुने मन्त्रीको नाम टुँगो लगाउने जिम्मा अध्यक्ष उपेन्द्र यादवलाई दिएको छ।
फोरमले दुई मन्त्रीसहित एक राज्यमन्त्री पाएको छ । मन्त्री बन्नको लागि यतिवेला अध्यक्ष उपेन्द्र यादव सहित नेताहरु राजेन्द्र श्रेष्ठ, रेणु यादव, रामसहाय प्रसाद राय र सरिता गिरी दौडमा छन् ।




प्रतिक्रिया