जेठ १७, काठमाण्डौ । राष्ट्रियसभाका सदस्य तथा नेपाल कम्युनिष्ट पार्टीका नेता दिनानाथ शर्माले नीति तथा कार्यक्रम कार्यान्वयन हुने गरी नै बजेट ल्याइएको दाबी गरेका छन् ।
नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै नेता शर्माले बजेटका परिणाम पर्खनुपर्ने बताए ।
“चुनावी घोषणापत्र र अहिलेको आवश्यकताअनुसारको बजेट आएको छ । बजेटको परिणाम देखिन केही समय लाग्छ ।” शर्माले भने । “वार्षिक ८ प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्य हासिल गर्न सम्भव छ । बजेटल आर्थिक विकास र समृद्धिको ढोका खोलेको छ ।”
सन् २०२० सम्म दिगो विकासको लक्ष्य प्राप्ति गर्ने गरी बजेटले मार्ग निर्देश गरेको शर्माको दाबी छ । बजेट कार्यान्वयनका लागि स्रोत जुटाउन समस्या भए पनि संकल्प र आत्मविश्वास हुने हो भने नेपालमा पैसाको खाँचो कहिल्यै पनि नहुने शर्माको ठोकुवा छ ।




प्रतिक्रिया