जेठ २७, काठमाण्डौ । केही दिनअघि पोखरा पुगेर प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको एजेण्डा उठाएका नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उक्त एजेण्डा चुनावका बेला मात्र उठाइने बताएका छन् ।
प्रचण्डले उक्त कुरा उठाएपछि नेपाली कांग्रेसले विरोध गर्दै आएको छ । अहिलेकै शाषन पद्धतिलाई परिवर्तन गरिए प्रतिवाद गरिने कांग्रेसका नेताहरुले बताउँदै आएका छन् ।
प्रचण्डले भने प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति अहिलेको एजेण्डा नभएको बताएका छन् । विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रचण्डले उक्त एजेण्डा चुनावका बेला छलफल हुन सक्ने भन्दै अहिलेको मुद्दा सुशानसन र समृद्धि भएको स्पष्ट पारेका हुन् ।
उनले संघीय समाजवादी फोरमसँग पार्टी एकताबारे छलफल भएको खुलासा गरेका छन् । यद्यपी फोरमसँगको एकता तत्काल सम्भव नभएको पनि उनले स्पष्ट पारे ।
साथै राजपालाई पनि सरकारमा ल्याउन छलफल भइरहेको प्रचण्डको भनाई थियो ।




प्रतिक्रिया