अपराध निरुत्साहित गर्न नेपाल प्रहरिले टोल टोलमा प्रहरी अभियानको सुरुवात


असार २, काठमाण्डौ । आपराधिक क्रियाकलापलाई निरुत्साहित गर्न नेपाल प्रहरिले टोल टोलमा प्रहरी अभियानको सुरुवात गरेको छ । शनिबार नेपाल पुलिस क्लब भृकुटिमण्डमा प्रहरी महानिरीक्षक सर्वेन्द« खनालले अभियानको सुरुवात गर्नु भएको हो । पछिल्लो समयमा अपराधीक क्रियाकलाप बढ्दै गएकाले यस्ता गतिबिधिलाई निरुत्साहित गर्न यो अभियान सुरु गरिएको हो ।

नेपाल प्रहरी प्रधान कार्यालय, अपराध अनुसन्धान विभाग र सामुदायिक सुरक्षा महाशाखाले संयुतm रुपमा अपराधिक क्रियाकलापलाई मध्यनजर गर्दै टोल टोलमा प्रहरी अभियानको शुभारम्भ गरेको हो । पछिल्लो समयमा अपराधीक क्रीयाकलापहरु बढ्दै गएका छन् । अभियानले सबैको साथ पाए आपराधिक गतिबिधी पुर्ण नियन्त्रणमा आउने छन् ।

वर्षौ देखि समाजमा अपराधिक क्रियाकलाप गर्नेको सङख्या रहेकाले यस्ता खालका गतिबिधी गर्नेलाई कानुनको दायरामा ल्याउनलाई पनि यो अभियानको सुरुवात गरिएको हो ।

समाजमा हुने बलात्कार, मानव बेचविखन,गुन्डागर्दी जस्ता अपराधिक क्रियाकलाप निर्मुल पार्नका लागी थालिएको यो अभियानले देश र समाज परीवर्तनमा महत्वपुर्ण भुमिका खेल्ने कार्यक्रममा सहभागिहरुले बताएका छन ।

अपराधिक क्रियाकलाप नियन्त्रणमा प्रहरि मात्रै नभएर आम सबै नागरिकले सक्रियता जनाए यो अभियानले पुर्णता पाउने छ ।