काठमाडौं, १० असार । छिमेकी मुलुक चीनको ६ दिने राजकीय भ्रमण सकेर प्रधानमन्त्री केपी शर्मा ओलीसहितको प्रतिनिधिमण्डल आज स्वदेश फर्किएका छन् ।
प्रधानमन्त्री ओली आज बिहान १०ः१५ बजे स्वदेश आइपुगेका हुन् उनलाई त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल, नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाललगायतले स्वागत गरेका थिए ।

प्रतिनिधि मण्डलले चीन भ्रमणका क्रममा त्यहाँका राष्ट्रपति सी जिनपिङ, प्रधानमन्त्री ली खछ्याङ लगायतका उच्च राजनीतिक भेटवार्ता गरेको थियो । राष्ट्रपति सीको उपस्थितिमा चिनियाँ निजी क्षेत्रसँग ९ र प्रधानमन्त्री लीसँग १४ बुँदे सहमति भएको थियो ।

प्रधानमन्त्रीको टोलीमा ओली पत्नी राधिका शाक्य, गृहमन्त्री रामबहादुर थापा, परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली, उर्जामन्त्री वर्षमान पुन, भौतिक पूर्वाधार मन्त्री रघुविर महासेठलगायत छन् ।
तस्विर : मुकुन्द कालिकोटे




प्रतिक्रिया