काठमाडौं, १० असार । सत्तारुढ दल नेकपाका स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्बाङ यतिवेला तनाबमा परेका छन् । नेम्बाङ तनाब हुनुको कारण भने राजनीतिक नभएको समेत खुलासा भएको छ । रुसमा जारी २१ औं संस्करणको विश्वकप फुटबलमा अघिल्लो संस्करणको उपविजेता रहेको अर्जेन्टिना र यसका मुख्य नायक मानिएका लियोनल मेस्सीको प्रर्दशनका कारण नेता नेम्बाङ तनाब परेका छन् ।
विश्वकपको पहिलो खेलमै अर्जेन्टिना आईसल्याण्डसँग बराबरीमा रोकिएको थियो । पहिलो खेलमा मेस्सीले पेनाल्टी समेत चुकाएका थिए । त्यस्तै दोस्रो खेलमा क्रोशियासँग ३–० ले पराजित भएपछि त मेस्सीका विश्वभरिका फ्यानहरु तनावग्रस्त छन् । नेम्बाङपनि मेस्सीका ‘डाईहार्ट फ्यान’ हुन् । कतिसम्म भने अघिल्लो संस्करणको विश्वकपमा संविधान सभाको बैठक नै स्थगित् गरेर नेम्बाङ मेस्सीको गेम हेर्न गोकर्ण रिसोर्ट पुगेका थिए ।
यसपालि पनि मेस्सी रुसमा जारी विश्वकपमा अर्जेन्टिनाको समर्थन हुन् । उनी मेस्सीले नै विश्वकप जित्ने दाबीसहित विश्वकप हेरिरहेका थिए । तर, सूरुवातमै अर्जेन्टिनाको प्रदर्शनीले उनलाई बेचैन बनाईदियो ।
आईसल्याण्डसँगको पहिलो खेलमा मेस्सीले पेनाल्टी मिस गरेको भोलिपल्ट नेम्बाङ प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए । बालुवाटारमा समेत अर्जेन्टिनाको फूटबल प्रर्दशनलाई लिएर नेता नेम्बाङलाई प्रधानमन्त्रीकै प्रमुख राजनीतिक सल्लाहकार विष्ण रिमालले नेम्बाङलाई जिस्काए,‘मेस्सीले त यसपालि हार्ने भए नि ?’
तर रिमालको प्रश्न भुईँमा खस्न नपाउँदै नेम्बाङले एक छिन मौन बसेझैंगरि फिल्मी शैलीमा जवाफ फर्काए ।‘यो हुनै सक्दैन, असम्भव, खेल अभि भी बाँकी हे।’




प्रतिक्रिया