मेस्सी हार्दा सुवास नेम्बाङ तनाबमा, बालुवाटारमा समेत हंगामा !


काठमाडौं, १० असार । सत्तारुढ दल नेकपाका स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्बाङ यतिवेला तनाबमा परेका छन् । नेम्बाङ तनाब हुनुको कारण भने राजनीतिक नभएको समेत खुलासा भएको छ । रुसमा जारी २१ औं संस्करणको विश्वकप फुटबलमा अघिल्लो संस्करणको उपविजेता रहेको अर्जेन्टिना र यसका मुख्य नायक मानिएका लियोनल मेस्सीको प्रर्दशनका कारण नेता नेम्बाङ तनाब परेका छन् ।

विश्वकपको पहिलो खेलमै अर्जेन्टिना आईसल्याण्डसँग बराबरीमा रोकिएको थियो । पहिलो खेलमा मेस्सीले पेनाल्टी समेत चुकाएका थिए । त्यस्तै दोस्रो खेलमा क्रोशियासँग ३–० ले पराजित भएपछि त मेस्सीका विश्वभरिका फ्यानहरु तनावग्रस्त छन् । नेम्बाङपनि मेस्सीका ‘डाईहार्ट फ्यान’ हुन् । कतिसम्म भने अघिल्लो संस्करणको विश्वकपमा संविधान सभाको बैठक नै स्थगित् गरेर नेम्बाङ मेस्सीको गेम हेर्न गोकर्ण रिसोर्ट पुगेका थिए ।

यसपालि पनि मेस्सी रुसमा जारी विश्वकपमा अर्जेन्टिनाको समर्थन हुन् । उनी मेस्सीले नै विश्वकप जित्ने दाबीसहित विश्वकप हेरिरहेका थिए । तर, सूरुवातमै अर्जेन्टिनाको प्रदर्शनीले उनलाई बेचैन बनाईदियो ।

आईसल्याण्डसँगको पहिलो खेलमा मेस्सीले पेनाल्टी मिस गरेको भोलिपल्ट नेम्बाङ प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए । बालुवाटारमा समेत अर्जेन्टिनाको फूटबल प्रर्दशनलाई लिएर नेता नेम्बाङलाई प्रधानमन्त्रीकै प्रमुख राजनीतिक सल्लाहकार विष्ण रिमालले नेम्बाङलाई जिस्काए,‘मेस्सीले त यसपालि हार्ने भए नि ?’

तर रिमालको प्रश्न भुईँमा खस्न नपाउँदै नेम्बाङले एक छिन मौन बसेझैंगरि फिल्मी शैलीमा जवाफ फर्काए ।‘यो हुनै सक्दैन, असम्भव, खेल अभि भी बाँकी हे।’

Skip This