प्रधानमन्त्रीले चीन भ्रमणबारे भोलि संसद्लाई जानकारी गराउनुहुने


काठमाडौँ, ११ असार : प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो चीन भ्रमणबारे प्रतिनिधिसभाको भोलिको बैठकमा जानकारी गराउनुहुने भएको छ ।

उहाँ चीनको छदिने राजकीय भ्रमण पूरा गरी यही असार १० गते स्वदेश फर्कनुभएको हो । प्रधानमन्त्री ओलीले आफ्नो चीन भ्रमणबारे प्रतिनिधिसभाको भोलिको बैठकमा जानकारी गराउनुहुने उहाँका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिनुभयो ।

प्रधानमन्त्री ओलीले भ्रमणबारे आज प्रतिनिधिसभा बैठकमा दिउँसो २ बजे जानकारी गराउने कार्यक्रम तय भए पनि प्राविधिक कारण स्थगित गरिएको उहाँको निजी सचिवालयले जनाएको छ ।  (रासस)