असार १२, काठमाण्डौ । बागलुङमा पहिरोले घर पुर्दा एकै परिवारका ३ जनाको मृत्यु भएको छ । गएराति परेको अविरल वर्षापछि जिल्लाको बरेङ गाउँपालिका–१, लुरु भन्ने स्थानमा पहिरो जाँदा एकै परिवारका ३ जनाको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालयका अनुसार पहिरोमा पुरिएर विष्णुबहादुर क्षेत्री, विष्णुकुमारी क्षेत्री र सोनिया क्षेत्रीको मृत्यु भएको छ ।
पहिरोले नजिकैको अर्को घरमा पनि सामान्य क्षति पुगेको छ । तर मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।
बागलुङमा गएराति परेको अविरल वर्षाले अन्य स्थानहरुमा पनि क्षति पुर्याएको छ ।
घर भत्किएका, पहिरो खसेका लगायतका क्षतिका खबर आए पनि अन्यत्र भने मानवीय क्षति नभएको प्रहरीले बतएको छ ।




प्रतिक्रिया