हन्दु राष्ट्र कायम गर्न जनसंघर्षका कार्यक्रम अघि बढाउँछौं : थापा


भरतपुर, १४असार । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले नेपाललाई सनातन हिन्दु राष्ट्र कायम गराउन पार्टीले जनसंर्घषका कार्यक्रम अघि बढाउने बताएका छन् ।

चितवनको भरतपुरमा मिडिया नेपालले गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै अध्यक्ष थापाले जनसंर्घषको पूर्वतयारीका लागि असार २८ गतेबाट हिन्दुराष्ट्र पुनर्स्थापना जनजागरण अभियान सञ्चालन गर्ने जानकारी दिए ।

राप्रपाले असार २८ गते काठमाडौंमा हिन्दु राष्ट्रका पक्षधरहरु जम्मा गरि वृहत सभा गर्ने तयारी गरेको जानकारी दिदैं उनले असोज मसान्तसम्म हिन्दुराष्ट्र पुनर्स्थापना जनजागरण अभियान सञ्चालन गर्ने बताए ।