अहिलेको बजेटले समृद्धिको मार्गचित्र कोर्न सकेन : रायमाझी


असार १६, काठमाण्डौ । नेपाल कम्युनिष्ट पार्टीका नेता टोपबहादुर रायमाझीले अहिलेको सरकारले ल्याएको बजेटले देशको विकास र समृद्धिको मार्गचित्र कोर्न नसकेको आरोप लगाएका छन् ।

नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै रायमाझीले जुन दिशा तय गरिएको थियो त्यसमा पुग्नका लागि बजेट सहयोगि बन्न नसकेको बताए ।

रायमाझीले अहिले नै सरकारको आलोचना गर्ने बेला नभएको भन्दै जनअपेक्षाअनुसार काम गर्ने प्रयास गरिरहेको बताएका छन् ।

केही समय अघि रायमाझीले सरकारको कामप्रति असन्तुष्टी जनाउँदै सुझाब दिएका थिए । अहिले पनि सरकारले ठूलै उपलब्धि हासिल गर्यो भन्न सक्ने अवस्था नभएको बताउँदै उनले यो सरकार परम्परागत नभएकाले अझै धेरै काम गर्नुपर्ने बताए ।

दुई तिहाई बहुमतसहितको सरकार भएकाले काम गर्नका लागि कुनै रोकतोक नभएको बताउँदै उनले पाँच वर्षमा धेरै काम गर्नुपर्ने बताए ।