काठमाडौं, १७ असार । भारतीय जनता पार्टीका शीर्ष नेता एवम् नेपाल-भारत प्रवुद्ध व्यक्ति समूह (ईपिजी) का भारत तर्फका संयोजक भगतसिंह कोशीयारी यतिवेला काठमाडौंमा छन् । ईपिजीको हिजो सम्पन्न अन्तिम बैठकले संयुक्त प्रतिवेदन समेत सहमतिमै तयार पारेको छ ।
आजै स्वदेश फर्किने भएकोले नेता कोशियारीले नेपालका उच्चपदस्थ राजनीतिक व्यक्तित्हरुसँग भेटवार्ता गरेका छन् । स्रोतका अनुसार उनले आज राष्ट्रपति विद्यादेवी भण्डारी, रक्षामन्त्री ईश्वर पोखरेलसँग विहानै भेटवार्ता गरेका छन् ।
त्यस्तै केही बेर अघिमात्रै प्रधानमन्त्री केपी शर्मा ओलीसँग उनले बालुवाटारमा भेटवार्ता गरेका छन् ।




प्रतिक्रिया