असार २०, काठमाण्डौ । मेडिकल कलेज सञ्चालक दुर्गा प्रसाईले नेपालमा मिडियाहरु निश्चित स्वार्थले सञ्चालन भएको आरोप लगाएका छन् । प्राइम टाइम्स टेलिभिजनको कार्यक्रम प्राइम डिबेटमा बोल्दै प्रसाईले हरेक उद्योग सञ्चालकले टेलिभजन सञ्चालन गर्नु आवाश्यक्ता हो सुचनाका लागि मिडिया स्थापना गर्ने होइन भन्दै मिडियो खिल्लि समेत उडाए ।
चिकित्सा शिक्षाको बिषयमा कुराकानी हुँदै गर्दा “सबैमा स्वास्थ्य सेवा पुगोस्, सेवा विकेन्द्रिक्रित होस्, सरकारको लगानी बढोस्, बिक्रिती कम होस् भनेर डाक्टर गोविन्द केसी आन्दोलनमा छन् उनको पछि यति धेरै नागरिक समाज र मिडिया छन् । त्यतिकै पछि लागेका त हैनन् होला नि त ?” भन्ने सञ्चालक शिव लामिछानेको प्रश्नमा उनी मिडिया माथी जाई लागेका हुन् ।
नेपालमा सञ्चालित मिडिया मिसन मिडिया भएको बताउँदै प्रसाईले कलकारखाना खोल्नेहरुले नै मिडिया चलाउनुपर्ने बताएका हुन् ।
कानुनी उपचारका लागि विभिन्न निकाय हुँदा हुँदै विना प्रमाण स्वतन्त्र प्रेस माथी आरोप किन लगाउँदै हुनुहुन्छ भन्ने प्रश्नमा मेडिकल कलेज सञ्चालक प्रसाईले आफू सम्बन्धीत निकायमा नजाने बताए
उनले सबै मेडिकल कलेजलाई एउटै वास्केटमा हालेर व्याख्या गरिएको आफूले पनि सबै मिडियालाई एउटै बास्केटमा राखेर गाली गर्न पाउनुपर्ने दावी गरे । कार्यक्रममा आफ्नो विचार राख्नका लागि वोलाईएको भएपनि मिडियाले आफुहरुलाई स्थान नदिएको बताउँदै मिडियाले आफूमाथी अन्याय गरेको आरोप समेत लगाए ।
पछिल्लो समय चिकित्सा शिक्षामा सुधारको माग राख्दै जुम्लामा अनसनमा छन् भने प्रसाई उनको विपक्षमा ठूलो आवाज उठाउने मध्यका एक हुन् ।
पुरा अन्तरवार्ता :




प्रतिक्रिया