जन्मदिनमा मागेको कार नपाउँदा खोलामा कार फाल्ने युवक


जन्मदिनमा आमाबाबुले कार उपहार दिंदा को खुशी नहोला । तर, हरियाणामा एक युवक भनेको ब्रान्डको कार नकिनिदिएको भन्दै दुःखीमात्र भएनन् कार लगेर नहरमा फालिदिए ।

हरियाणा राज्यको यमुनानगरका २२ वर्षीय युवकले बीएमडब्लु थ्री सिरिज कार यमुना नदिको नहरमा खसालिदिएका हुन् । ९ अगष्टमा भएको घटनापछि कारको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । उनले जगुआर कार माग गरेका थिए ।

युवक स्थानिय जमिनदारका छोरा भएको पत्ता लागेको छ । गाडी बग्दै गएर अग्ला झारहरूमा अड्किएको देख्न सकिन्छ। त्यसपछि बगाउने व्यक्तिले गाडीलाई नदीबाट निकाल्न खोजेको देखिन्छ।

भारतमा बीएमडब्ल्यू गाडीको मूल्य करिब ५६ लाख नेपाली रुपैयाँ पर्छ भने ज्यागुअरको मूल्य भने ६५ देखि ८० लाख रुपैयाँसम्म पर्दछ ।

Skip This

Omoda E5 Pro