कल बाइपासमा कैद सजायले नसुध्रियका नसिव


काठमाडौं । कल बाइपासमा अदालतले तोकेको कैद भुक्तानी गरेका व्यक्ति पुनः सोही गैरकानूनी कार्यमा सङ्लग्न भएको पाइएको छ । चितवनको भरतपुर महानगरपालिका–१८ घर भई काठमाडौँको बालुवाटार बस्दै आएका ३६ वर्षीय नसिव तामाङ पक्राउ परेपछि उक्त रहस्य खुलेको हो ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सिआइबीका प्रहरी उपरीक्षक दीपक रेग्मीका अनुसार तामाङ [p गरेको आरोपमा विसं २०७२ मा समेत पक्राउ परेका थिए । अदालतले उनलाई एक वर्षको कैद सजाय सुनाएको थियो । तोकिएको सजाय भुक्तान गरी उनी पुनः सोही गैरकानूनी धन्दामा लागेको फेला परेको हो । गैरकानूनी रुपमा अन्तर्राष्ट्रिय आगमन कल बाइपास सञ्चालन गरिरहेको भन्ने सूचना प्राप्त भएपछि खोजी गर्ने क्रममा काठमाडौँ महानगरपालिका–४ टुसालबाट तामाङलाई पक्राउ गरिएको सिआइबीले जनाएको छ ।

तामाङको साथबाट कल बाइपासमा प्रयोग गरिने विभिन्न उपकरण बरामद गरिएको प्रहरीले जनाएको छ। दूरसञ्चार ऐन, २०५३ अन्तर्गत जिल्ला अदालत काठमाडाँंँबाट सात दिनको म्याद लिई तामााङबारे अनुसन्धान थालिएको सिआइबीद्वारा आज जारी प्रेस विज्ञप्तिमा उल्लेख छ । प्रहरीले अहिलेसम्म यसरी कल बाइपास गर्ने ११० नेपाली तथा ६७ विदेशी नागरिकलाई पक्राउ गरी मुद्दा चलाउनुका साथै उनीहरुसँग रु १२ अर्ब बिगो मागदाबीसमेत गरेको छ ।

Skip This

Omoda E5 Pro