नक्कली इन्जिनियरविरुद्ध मुद्धा


दैलेख । सव इन्जिनियर सल बहादुर बुढाको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको निष्कर्ष निकाल्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ४ भदौमा मुद्दा दायर गरेको छ ।

उनको प्रमाणपत्र नक्कली भन्ने व्यहोराको उजुरी उपर अनुसन्धान हुँदा नेपाल सरकार र स्विस सरकारको संयुक्त आयोजनामा सञ्चालित साना सिँचाई कार्यक्रम (सीप) नेपाल अन्तर्गत कार्यक्रम व्यवस्थापन तथा कार्यान्वयन सहयोग परामर्शदाता, दैलेखमा सव इन्जिनियर पदमा नियुक्त हुने प्रयोजनको लागि त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय, काठमाडौंबाट प्राप्त डिप्लोमा इन सिभिल इन्जिनियर को झुठ्ठा नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी पदमा नियुक्ति भएको भेटिएको थियो ।

अख्तियाका अनुसार नक्कली प्रमाणपत्रबाट लाभसमेत लिएकोले विशेष अदालत काठमाडौंमा मुद्धा दायर गरिएको छ ।

Skip This

Omoda E5 Pro