विपीको लोकतान्त्रिक समाजवादको नयाँ परिभाषा खोजौँ : प्रदीप पौडेल


काठमाण्डौ । संस्थापक नेता विपी कोइरालाको विचार र सिद्धान्त ओझेलमा पारिएको भन्दै नेतृत्वको आलोचना भइरहेका बेला युवा नेताहरुले लोकतान्त्रिक समाजवादको नयाँ परिभाषा खोज्नुपर्नेमा जोड दिएका छन् ।

कांग्रेसका केन्द्रीय सदस्य तथा युवा नेता प्रदीप पौडेलले विपीको समयको लोकतान्त्रिक समाजवादलाई अहिले नयाँ ढंगले परिभाषित गर्नुपर्ने विचार व्यक्त गरेका हुन् । विपी जन्मजयन्तीको अवसरमा मंगलबार सुन्दरीजलस्थित विपी संग्रहालयमा आयोजित कार्यक्रममा नेता पौडेलले विपीवादलाई मान्नु भनेको समयसापेक्ष रुपमा परिवर्तनशील समेत हुनु हो भन्ने धारणा राखे ।

विपीको समयमा समाज सुधारका लागि धेरै क्रान्तिकारी तथा प्रगतिशील कामहरु भए पनि कांग्रेसले त्यसको स्वामित्व लिन नसकेको धारणा पौडेलले राखे । “विपीसँग तत्कालीन समाजभन्दा १० कदम अघि बढ्न सक्ने अद्भूत क्षमता थियो तर अहिले हामीसँग समाजलाई भेटाउने शक्ति समेत छैन,” पौडेलले भने ।

विपीजस्ता महानायककै कारण नेपाली कांग्रेसको इतिहास विश्वका अरु कुनै देशको गौरवशाली राजनीतिक दलको भन्दा कम नरहेको पौडेलले बताए ।


नेबि सघ पुर्ब महामन्त्री युबा नेता कुन्दन राज काफ्ले,नेविसंघका पूर्वउपाध्यक्ष रामप्रसाद अधिकारी, ,नेपाली कांग्रेसका क्षेत्रीय सभापति सन्तोष चालिसे, विपी संग्राहलयका अध्यक्ष पर्शुराम पोखरेल लगायतका वक्ताहरुले विपीको विचार कार्यान्वयन नगर्दा कांग्रेस कमजोर भएको भनाइ राखेका थिए । सो अवसरमा संग्राहलय परिसरमा १ सय ६ वटा विभिन्न प्रजातिका बिरुवा रोपिएको नेबिसघका नेता शुशिल भट्टले जानकारी दिए ।

Skip This

Omoda E5 Pro