एक लाख घुस रकम सहित पाँच शिक्षक पक्राउ


पर्सा, २९ भदौ । एउटै विद्यालयमा अध्यापन गराउने प्रधानाध्यापक सहित पाँच जना शिक्षकलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक लाख घुस रकम सहित २७ भदौमा रङ्गेहात पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा नेपाल राष्ट्रिय आधारभूत विद्यालय, वीरगञ्ज महानगरपालिका वडा नं. ३१ बेहवा प्रसौनी पर्साका प्रधानाध्यापक सचिन्द्रकुमार कापर, सहायक प्रधानाध्यापक मनिर मियाँ, शिक्षक सुरेश महतो तथा विद्यालय व्यबस्थापन समितिका सदस्यद्वय जम्बिल मियाँ र इलियास मियाँ अन्सारी रहेका छन् ।

उनीहरुले करारमा शिक्षक नियुक्ति गरिदिने भनी सेवाग्राहीसँग घुस रकम माग गरेको उजुरीका आधारमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय हेटौडाबाट खटिई गएको टोलीले पाँच जना शिक्षकहरुलाई घुस रकम सहित वीरगञ्ज महानगरपालिका वडा नं. ८ स्थित चियापसलबाट रङ्गेहात नियन्त्रणमा लिएको हो ।

Skip This

Omoda E5 Pro