राति १२ बजेदेखि विहान ८ बजेसम्म भिडियो गेम खेल्न नपाइने


ऐजेन्सी, कार्तिक २४ । चीन सरकारले नाबालकहरुमाथी अनलाइन भिडियो गेमिंगमा कफ्र्य लगाइएको घोषणा गरेको छ । अवदेखि १८ बर्ष मुनिका बिशोर किशोरीले राति १२ बजेदेखि विहान ८ बजेसम्म अनलाईन भिडियो गेम खेल्न नपाउने भएका छन् ।

साथै नितीहरुले सातामा ९० मिनेट, सप्ताहान्त र विदाका दिनमा तीन घण्टा मात्र गेम खेल्न पाईने समय सीमा पनि सरकारले तोकेको छ ।भिडियो गेमको दुव्र्यसन हटाउन चीनले चालेको यो पछिल्लो कदम हो । यस गेमका कारण बालबालिकाको स्वास्थमा हानी पुगिरहेको सरकारी अधिकारीहरुको दाबी रहेको छ ।

विश्वमा धेरै गेमिंगको बजार भएको मूलुक मध्ये चीन एक हो । मंगलबार आधिकारिक सरकारी निर्दे्शिकामा तिनीहरुका लागि खेलको समय सीमा पनि प्रकासित गरिएको हो । त्यसै गरी ८ देखि १६ बर्ष सम्मका बालबालिकाले महिनाको दुई सय युआन र १६ बर्षदेखि १८ बर्ष सम्मको समुहले चार सय युआन मात्र खर्च गर्न पाउने भएका छन् ।

रिसर्च कम्पनी न्युजुका अनुसार चीन विश्वको दोस्रो सबैभन्दा ठूलो गेमिङ बजार भएको राष्ट्र हो । तीनमा भिडियो गेममाथी विभिन्न नीतिनियम लादिन थालिएपछि अमेरिकाले यस मामिलामा विश्वमै पहिलो स्थानमा रहन पुगेकोे हो ।

चीनले पटक–पटक भिडियो गेमका कारण युवावर्गमा नकारात्मक सोच पलाउने गरेको दाबी गर्दे आएको छ । सन् २०१८ मा सरकारले गेमिङ नियम बनाउने घोषणा गरेको थियो । सोही बर्ष चीनले नयाँ भिडियो गेमहरुको अनुमोदन बन्द गर्ने घोषणा गरेको थियो ।

नौ महिना यो नीति अपनाइदा निकै फाइदामा रहेको भिडियो गेमिङ उद्योगमा ठूलै धक्का पुगेको थियो । अहिले पुनः चालिएको उक्त कदमको भिडियो गेम कम्पनीहरुले कडा विरोध जनाईरहेका छन् ।