काठमाडौं, माघ २५ । विवाहमा बेहुला र बेहुलीको उमेरबिच कति हुनुपर्छ? अधिकाशं अवस्थामा बेहुलीभन्दा बेहुलाको उमेर बढि हुने गर्दट। तर भारतमा भने एक जोडिको उमेरको भिन्नता यति धेरै छ कि जसको कल्पना समेत गर्न सकिदैन।
सुन्दै पत्यार नलाग्ने यस बिवाहमा बेहुला बेहुली बिचको उमेर भिन्नता ४० बर्षको छ। र अझ रोचक त के छ भने बेहुला २० बर्षका छन् भने बेहुली ६० बर्षकी छन्। यो भारतको उत्तर प्रदेशको मुरादाबाद जिल्लाको रामपुर शहर, सैदनगर गाउँ निवासी एक ६० वर्षीया महिलाले मात्र २० बर्षका युवकसँग विवाह गरेकी हुन्। अहिले यस विवाहको चर्चा आसपासका गाउँ मात्र नभई विश्वभर फैलिएको छ। बेहुला भारत हरदोईका निवासी हुन्। यि दुबैको भेट मिसकलबाट शुरुवात भएको थियो।
खासमा दुई बर्षअघि ति युवाले गल्तीले एक नम्बरमा कल गरे। तर हतारमा पुरा रींग नजादै फोन काटे। उता महिलाले आफ्नो मोवाइलमा मिसकल देखेपछि फोन फर्काइन्। यसपछि दुबैबिच फोनमा कुराकानी हुन थाल्यो। फोनमा भएको कुरा यति गहिराईसम्म पुग्यो कि दुबैले संगैबाच्ने मर्ने कसम समेत खाए।
करिब १२ बिघाकी धनि ती महिलाको पतिको केहि बर्षअघि मृत्यु भइसकेको छ। आफ्नी आमाको विवाहको खबर सुनेर ति महिलाकी छोरीले माइतीमा गई यस विवाहको निकै विरोध गरिन्। यो बिषय प्रहरीकोमा समेत पुग्यो। तर महिला र युवकले विवाहमा दुबै पक्षको मञ्जुरी भएको बताएपछि प्रहरीले उनीहरुलाई कारबाही गर्न सकेन।




प्रतिक्रिया