भारतमा कोरोनाः एक हजार ७९ जनाको मृृत्यु


काठमाडौं, बैशाख १८ । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसका कारण भारतमा एक हजार ७९ जनाको मृृत्यु भएको छ ।

भारतीय स्वास्थ मन्त्रालयका अनुसार देशभर कोरोनाबाट संक्रमित हुनेको संख्या ३३ हजार ६२ पुगेको छ। त्यस्तै, कोरोनाबाट संक्रमित भएका ८ हजार ४ सय ३७ जना भने उपचारपछि निको भएका छन्।