काठमाडौं, २५ बैशाख । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दुई तीन दिनभित्रै स्थायी कमिटी बैठक राखिने बताएका छन् । आज विहान ११ बजे बस्ने भनिएको स्थाथी कमिटी बैठक अनिश्चित्कालका लागि स्थगित् भएको अवस्थामा अध्यक्ष दाहालले प्राईम टाईम्स टेलिभिजनसँगको कुराकानीमा यस्तो खुलासा गरेका हुन् ।
उनले प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीसँगको सहमतिमा नै स्थायी कमिटी बैठकका लागि प्रस्ताव र एजेण्डा तय गरिने पनि विश्वास दिलाए । उनले भनेका छन्-“प्रधानमन्त्रीजीसँग बसेर छलफल गरेर एजेण्डा तय गरेर बैठक राख्छौं । एजेण्डा तय नभएकोले आजको बैठक स्थगित् भएको हो । जे होस हामी सहमतिका साथ अघि बढ्छौं । अहिले देखिएको गत्यावरोध हट्छ । स्थायी कमिटी सदस्यहरु उहाँहरुको माग सम्बोधन हुन्छ ।”File Photo/Mukunda Kalikote-ReportersNepal




प्रतिक्रिया