कैलाली, पुस ४ । वरिष्ठ फिजिसियन डाक्टर शुभेसराज कायस्थले शुक्रबार सामाजिक सञ्जाल फेसबुकमा पैसा र फूलको मालाले सिङ्गारिएको आफ्नो तस्बिर सार्वजनिक गरे।
नेपाली ५, १० र २० रुपैयाँको नोटले उनिएको माला लगाएको तस्बिरमाथि डाक्टर कायस्थले लेखेका छन,‘आज बिहानै ओपीडीमा बिरामीबाट मलाई फूलको माला, घरमै बनाइएको मिठाइ र फलफूलसहित मायाको टोकन प्राप्त भयो।’
कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणको लडाइमा अग्रमोर्चामा खटिएका बेला बिरामीबाट सम्मान पाउँदा डाक्टर कायस्थ प्रफुलित भएको भान तस्बिर हेर्दा हुन्छ।

२०४६ सालदेखि चिकित्सकीय पेशामा आवद्व डाक्टर कायस्थले बिरामीबाट प्राप्त गरेको सम्मानको सामाजिक सञ्जालमा प्रशंसा भइरहेको छ।तर उनको कार्यकक्षमै पुगेर सम्मान प्रकट गर्ने बिरामी को थिएरु त्यो खुलाइएको छैन। जे होस् उनी डाक्टर कायस्थकहाँ उपचार गराउँदै आएका बिरामी हुन्।
डाक्टर कायस्थ आफ्नो उपचार पाएर निको भएका बिरामीबाट यस्तो खालको माया पाउँदा खुसी व्यक्त गर्छन्।




प्रतिक्रिया