काठमाडौँ, १४ माघ: राष्ट्रपति विद्यादेवी भण्डारीले जुम्लाको गोठीगाउँमा मङ्गलबार भएको आगलागीबाट दुई दर्जनभन्दा बढी घरसहित अन्नपात र पशुपक्षीको क्षति भएकामा दुःख व्यक्त गरेकी छिन् ।
राष्ट्रपतिले आज अपराह्न ट्विटमार्फत अग्निपीडितप्रति सहानुभूति व्यक्त गर्दै पीडित परिवारका लागि राहत एवं पुनस्थापनाको आवश्यक व्यवस्था मिलाउन सम्बद्ध पक्षको ध्यानाकर्षण गराएकी छिन् ।-रासस/File Photo
जुम्लाको गोठीगाउँमा भएको आगलागीबाट दुइ दर्जनभन्दा बढी घरसहित अन्नपात र पशुपंक्षीको क्षति भएको थाहा पाउँदा मलाई दु:ख लागेको छ।अग्नीपीडितहरूप्रति गहिरो सहानुभूति व्यक्त गर्दै पीडित परिवारका लागि राहत एवं पुनर्स्थापनाको आवश्यक व्यवस्था मिलाउन सम्बद्ध पक्षको ध्यान आकर्षण गराउँदछु।
— Bidya Devi Bhandari (@PresidentofNP) January 27, 2021




प्रतिक्रिया