‘सहकार्य र समन्वयबाट भ्रष्टाचार न्यूनीकरण’


बझाङ, ३ चैत: जिल्ला प्रशासन कार्यालयले भ्रष्टाचार न्यूनीकरण गर्न सबैले आ–आफ्नो क्षेत्रबाट सहयोग पु¥याउन आह्वान गरेको छ ।

आपसि सहकार्य र समन्वयबाट मात्र भ्रष्टाचार न्यूनीकरण हुने कार्यालयले जनाएको छ । प्रमुख जिल्ला अधिकारी मोहन अधिकारीले जिल्लाका सरोकार पक्षसँग सोमबार परिचयात्मक तथा छलफल आयोजना गरी सो आग्रह गरेका हुन्। उनले आमनागरिकले महसुस गर्ने गरी जिल्लामा शान्तिसुरक्षाको प्रबन्ध मिलाउने र जिल्लाको समग्र विकासका लागि सबै क्षेत्रसँग समन्वय र छलफल गरेर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे।

छलफल कार्यक्रममा सहभागी स्थानीय तहका प्रमुख, राजनीतिक दलका प्रतिनिधि, नागरिक समाज र सञ्चारकर्मीले अधुरा रहेका कामबारे समेत प्रजिअलाई जानकारी गराएका थिए।-रासस/File Photo