देउवा भेटेर फर्किएका महन्थ ठाकुरले बोलाए आफू पक्षधर सांसदहरुको भेला


काठमाडौं, ३० बैशाख । कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेर फर्किएलगत्तै जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष महन्थ ठाकुरले आफू पक्षधर सांसदहरुको भेला बोलाएका छन् । ठाकुरनिकट एक सांसदले दिएको जानकारी अनुसार उनीहरुले बानेश्वरमा भेला भएका छन् । जसपामा ठाकुर पक्षले आफूहरुसँग बहुमत रहेको दाबी गरेको छ ।

राष्ट्रपति विद्यादवी भण्डारीले संविधानको धारा ७६ को २ अनुसार नयाँ सरकार गठनको लागि दलहरुलाई आज राति ९ बजेसम्मको समय दिएर आह्वान गरेकी छिन् । सो अनुसार कांग्रेस सभापति देउवाले जसपाको साथ खोजेका छन् । तर, ठाकुर पक्षले साथ नदिने जवाफ दिईसकेको छ । File Photo/ReportersNepal