काठमाडौं, २१ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले नियुक्त गरेका नयाँ मन्त्रीहरुको सपथ साँझ ८ बजे हुने भएको छ । राष्ट्रपति कार्यालयले सपथ आज साँझ ८ बजे राखिएको जानकारी दिएको हो ।
नेपालीबाहेकको भाषामा केही मन्त्रीहरुले सपथ लिन लागेकाले समय लागेको बुझिएको छ । नयाँ अध्यादेशमा सपथ नेपालमा बोलिने नेपालीबाहेकका मातृभाषामा समेत गर्न सकिने व्यवस्था छ । त्यसका लागि अग्रिम जानकारी गराउनुपर्ने हुन्छ ।
मन्त्री भएकाहरु
राजेन्द्र महतो, उपप्रधान तथा शहरी विकासमन्त्री
शरतसिंह भण्डारी, ऊर्जामन्त्री
अनिलकुमार झा, खानेपानीमन्त्री
लक्ष्मणलाल कर्ण, भूमिसुधारमन्त्री
विमल श्रीवास्तव, श्रममन्त्री
चन्दा चौधरी, महिला, बालबालिकामन्त्री
उमाशंकर अरगरिया, वनमन्त्री
एकवाल मियाँ, युवा तथा खेलकुदमन्त्री
चन्द्रकान्त चौधरी, ऊर्जा राज्यमन्त्री
रेणुका गुरुङ, महिला तथा बालबालिका राज्यमन्त्री




प्रतिक्रिया