काठमाडौं, २३ जेठ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकतालाई कायम राख्नको लागि आफू २०७५ जेठ ३ गते अघिको अवस्थामा फर्कन तयार रहेको स्पष्ट पारेका छन् । आज राति नेकपा एमालेको एकताको लागि आह्वान गर्दै उनले ६ बुँदे प्रस्ताव समेत अघि सारेका छन् । पहिलो बुँदामा उनले नेकपा एमालेलाई २०७५ जेठ ३ गते पूर्वको अवस्थाबाट अगाडि बढाईने उल्लेख गरेका छन् ।
ओलीले प्रस्तावको बुँदा नम्बर ४ मा भने आफ्नो पार्टीका अध्यक्षलाई प्रधानमन्त्रीबाट हटाई विपक्षी दलका नेतालाई प्रधानमन्त्री बनाईयोस भन्ने मागसहित सर्वोच्च अदालतमा प्रस्तुत रिट निवेदनमा प्रयोग गरिएको (नेकपा) एमालेका निवर्तमान सांसदहरुको हस्ताक्षर फिर्ता हुनेछ भनेर उल्लेख गरेका छन् । तर, आज मात्रै सार्वजनिक गरिएको वरिष्ठ नेता माधव कुमार नेपाल पक्षधरको स्थायी कमिटीको बैठकमा प्रस्ताव गरिएको कुरामा रिट निवेदनबाट हस्ताक्षर कुनैपनि हालतमा फिर्ता नलिने उल्लेख गरिएको छ ।






प्रतिक्रिया