काठमाडौं, २ असार । पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई आकस्मिक उपचारका लागि नयाँ दिल्लीस्थित एपोलो अस्पताल लगिने भएको छ । उनलाई एयर एम्बुलेन्समार्फत् दिल्ली लान लागिएको हो ।
नर्भिक अस्पतालमा उपचाररत खनालको किड्नीमा समस्या देखिएको छ । उनलाई किड्नीको थप चेकजाँचका लागि दिल्ली लान लागिएको हो ।
खनालनिकट स्रोतका अनुसार उनको किड्नीको अवस्था जाँच गरेर मृगौला प्रत्यारोपण गर्नुपर्ने भए गर्ने तयारी समेत गरिएको छ । थप उपचारमा ढिलाई गर्न नहुने चिकित्सकको सुझावपछि खनाललाई दिल्ली लान लागिएको बुझिएको छ ।
| झलनाथ खनाललाई भएको के हो |
मृगौलाको समस्याले फोक्सोलगायत शरीरका अन्य भागमा समेत असर गर्न थालेपछि आकस्मिक रुपमा दिल्ली लान लागिएको बुझिएको छ । एपोलोमै उनको गत वर्षको माघमा चेकजाँच भएको थियो ।
खनालले कोभिड १९ लाई जितेर तंग्रिदै गर्द फेरि स्वास्थ्यमा गडबडी भएपछि अस्पताल भर्ना भएका थिए ।




प्रतिक्रिया