माधव कमरेड केपी ओलीसँग धेरै रिसाउनुभएको छ, सर्वोच्चको निर्णय आएपछि एकता हुन्छ : वामदेव गौतम


काठमाडौं, २० असार । नेकपा (एमाले) का उपाध्यक्ष तथा राष्ट्रियसभाका सदस्य वामदेव गौतमले पार्टीभित्र नेताहरु दुई तिर र तीन तिर फर्किएकोले पार्टी एकता आवश्यक रहेको सुनाए । संसद भवन परिसरमा पत्रकारहरुसँग संक्षिप्त कुरा गर्दै नेता गौतमले यस्तो बताएका हुन् ।

उनले भने,‘माधव, झलनाथ एकातिर, केपी एकातिर हुनुभयो । अब पार्टी एकता गराउनकै लागि भनेर म केपीतिर लागेको छु । मैले एकताको प्रस्ताव अस्ति, केन्द्रीय कमिटीको बैठकमा राखें । र, हलले नै मलाई एकताको प्रयत्न मुख्य रुपमा वामदेवले नै गर्नुपर्छ भनेर पास गरेको छ । र, यस्तो बेलामा म नआँत्तिकन, सबै साथीहरुलाई धैर्यता धारण गर्न र प्रयत्न गर्न भनेको छु । म त्यसको निम्ति प्रयत्नशील छु । लागिरहेको छु । माधव कमरेड केपी ओलीसँग धेरे रिसाउनुभएको छ । केपी ओली पनि माधवसँग बेस्सरी रिसाउनुभएको छ । यी दुई वटाको रिस नमर्दासम्म, उहाँहरुको मातहतमा रहेका साथीहरुको चिन्ताले काम लाग्नेवाला छैन् । त्यसो भएर म यी दुई जनौ रिसलाई कसरी शिथिल बनाउन सकिन्छ भनेर लागिरहेको छु । एकता सम्भव छ । सर्वोच्चको निर्णय आएपछि एकता सम्भव होला भन्ने लाग्छ ।’ file photo