धमाधम न्यायाधीशहरु इजलासमा फर्कदै, आजै मात्र ६ जनाले गरे नियमित मुद्दाको सुनुवाई


काठमाडौं, ३० कात्तिक । सर्वोच्च अदालतका ६ जना न्यायाधीशहरु मंगलबार इजलासमा फर्किएका छन् । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको काम कारवाहीमा असन्तुष्ट समुहबाट ६ जना न्यायाधीशहरु नियमित इजलासमा फर्किएका हुन् ।

नियमित इजलासमा फर्कने न्यायाधीशहरुमा मनोजकुमार शर्मा, बमकुमार श्रेष्ठ, तेजबहादुर केसी, कुमार रेग्मी, प्रकाश चुँडाल र कुमार चुँडाल रहेका छन् । आज श्रेष्ठ र शर्मा तथा केसी रेग्मीको संयुक्त इजलासले बन्दी प्रत्यक्षीकरणबाहेकका मुद्दामा सुनुवाई गरेको हो । हिजो मात्रै ५ न्यायाधीशले बारसँगको छलफल बहिष्कार गरेका थिए । आज न्यायाधीश प्रकाश ढुंगानाले पनि असन्तुष्ट समुहको साथ छाडेर मुद्दाको सुनुवाई गरेका हुन् ।

सर्वोच्चमा १९ जना न्यायाधीश छन् । जसमध्ये ६ जनाले विद्रोही न्यायाधीशहरुको साथ छाडिसकेका छन् । आज बारसँगको छलफलमा दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा, प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल, टंकबहादुर मोक्तान, प्रकाशकुमार ढुंगाना, सुष्मालता माथेमा, हरि फुयाँल र नहकुल सुवेदी सहभागी छन् । यी न्यायाधीशमध्ये पनि केही इजलासमा फर्कनुपर्ने पक्षमा छन् ।