चितवन, १४ मंसिर । नेकपा एमालेको दशौं महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीबाट पराजित डा. भीम रावलले सम्मानित मत पाएका छन् । उनको पक्षमा २२३ मत परेको छ । जुन कुल खसेको २ हजार ९६ मतमध्ये १०.६८ प्रतिशत हो ।
आफूले एमालेका प्रतिनिधिहरुमध्येबाट १० प्रतिशत भन्दा बढी मत पाएपछि रावल प्रफुल्लित देखिएका छन् । उनले चुनाव गराउन सक्नुलाई नै आफ्नो राजनीतिक जित भनिसकेका थिए । तर, कति मत प्राप्त हुन्छ भन्नेमा उनको ध्यान थियो ।
रावलले प्राप्त गरेको मत ओलीइतर समूहको हो । नेकपा एमाले फुटेर हस्ती नेताहरु माधवकुमार नेपाल, झलनाथ खनाल र बामदेव गौतम बाहिरिएपछि पनि रावलले सम्मानित मत पाए । उनको पक्षमा इतर समूहका कुनै नेता खुलेनन् ।




प्रतिक्रिया