सर्वसम्मतको प्रयास हुन्छः बलबहादुरको केसि


काठमाडौं, २८ मंसिर । नेपाली काँग्रेसको १४औं महाधिवेशन चलिरहेको छ । जस अन्तरगत हिजो भएको निर्वाचनमा सभापतिमा कुनै पनि प्रतिस्पर्धीले बहुमत ल्याउन नसकेपनि सभापतिको निर्वाचन पुनः हुने भएको छ ।

महाधिवेशन निर्वाचन समितिको अनुसार दोस्रो चरणको निर्वाचन आज दिउँसो ३ बजेबाट हुने छ ।

जसअनुसार नेताहरुको दौडधुप फेरी पनि सुरुभएको छ । उनीहरु आफ्नो पक्षमा नतिजा कसरी ल्याउने भन्नेमा बिभिन्न नेताहरुसँग लभिङ सुरु गरेका छन् ।

यसैबिच रामचन्द्र पौडेल पक्षका नेता बलबहादुर केसिले सकेसम्म सर्वसम्मतमा टुङ्ग्याउन कोसिस गर्ने बताएका छन् ।

प्राइम टाइम्स टेलिभिजनमा पत्रकार ऋषि धमलासँग प्रतिक्रीया दिदै उनले रामचन्द्र पौडेल नेपाली काँग्रेसको मियो भएको दाबी गर्दै अहिलेको नतिजा रामचन्द्र पौडेल धारको प्रतिनिधित्व भएको दाबी गरे ।

‘नेपाली काँग्रेसमा दुईवटा मात्र धार थियो । अहिलेको नतिजा रामचन्द्र जिको धारको प्रतिनिधित्व हो । त्यसैले सबै बसेर दुई धारलाई एक बनाउनुपर्छ’ उनले भने ।

यस्तै, उनले नेपाली काँग्रेसलाई अगाडी बढाउन कलेक्टिब लिडरसिप चाहिने बताएका थिए ।