‘मिस इन्डिया’ मानसा वाराणसीलाई कोरोना संक्रमण


एजेन्सी, ४ पुस। ‘मिस इन्डिया २०२०’ कि विजेता मानसा वाराणसी कोरोना संक्रमित भएकी छिन् । ‘मिस वल्र्ड २०२१’ मा सहभागी हुन अमेरिकी राज्य पुएर्तो रिको पुगेकी मानसामा कोरोना संक्रमण देखिएको हो । फेमिना मिस इंडियाका टिमले मानसमा संक्रमण देखिएको बारे पुष्टि गरेको हो।

‘मिस वल्र्ड’ प्रतियोगीतामा उनीसहित १७ प्रतियोगीमा कोरोना संक्रमण देखिएको छ । सबैलाई पुएर्तो रिकोमा आइसोलेशनमा राखिएको छ । उनी भारतको प्रतिनिधित्व गर्दै ‘मिस वल्र्ड २०२१’ मा सहभागी भएकी थिइन् ।

प्रतियोगिताका प्रतियोगी, आयोजक र कर्मचारीमा कोरोनाभाइरस संक्रमण देखिएपछि आयोजकले फाइनल प्रतिस्पर्धा तत्कालका लागि स्थगित गरेको थियो । कोरोनाको स्थितिमा सुधार भए ९० दिनभित्र फेरि प्रतियोगिता सम्पन्न गर्ने आयोजकले जनाएको छ । मानसा वाराणसीको तर्फ बाट अधिकारिक सूचना आउन बाकि रहेको जनाइएको छ।