काठमाडौं, २७ पुस । पीएम कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा कर्णाली प्रदेशले प्रदेश नं. १ लाई १ सय २१ रनको लक्ष्य दिएको छ ।
मुलपानी क्रिकेट मैदानमा भइरहेको खेलमा प्रदेश.१ ले टस जितेर कर्णालीलाई ब्याटिङको निम्तो दिएको थियो । जस अन्तरगत कर्णालीले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय २० रन जोड्यो ।
कर्णालीका लागि कप्तान रविन्द्र शाहीले सर्वाधिक ३६ रन जोडे भने प्रकाश जैसीले २५ रन बनाए ।
प्रदेश १ का लागि मुकुन्द यादवले सर्वाधिक ३ विकेट लिए भने फिर्दोश अन्सारीले दुई विकेट लिए ।
यस्तै, कमल खत्री र सिद्धान्त लोहनीले समान एक–एक विकेट लिएका थिए ।




प्रतिक्रिया